Logo

Jul 30 2026 | २०८३, साउन १४गते

तीजको अवसरमा पशुपति मन्दिर क्षेत्र वरपर मासु र मदिरा निषेध


स्वतन्त्र
आइतबार, भदौ ३१ २०८००३:५५
  • 520
    SHARES

  • तीजको अवसरमा पशुपति मन्दिर क्षेत्र वरपर मासु र मदिरा निषेध

    काठमाडौं ।  हिन्दु नारीहरुको महान् चाड हरितालिका तीजको अवसरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर क्षेत्र वरपर मासु र मदिरा निषेध गरेको छ । प्रशासन कार्यालयले मन्दिर क्षेत्रका चार किल्ला तोक्दै मांस, मदिरा र नशालु पदार्थहरु उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवनमा निषेध गरेको हो ।

    images
    images

    गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो कार्य निषेध गरिएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

    स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ (क) र (ख) अनुसार आजदेखि लागु हुने गरी पूर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । उल्लंघन गरेमा कानुनअनुसार कारबाही हुने पनि प्रशासनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस