Logo

Jul 30 2026 | २०८३, साउन १४गते

विश्व शान्ति दिवस मनाइँदै


स्वतन्त्र
बिहीबार , असोज ४ २०८००७:५९
  • 716
    SHARES

  • विश्व शान्ति दिवस मनाइँदै

    काठमाडौं । आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस । संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो दिवस मनाउँदै छन् । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज यो दिवस मनाइँदैछ।

    images
    images

    यस वर्षको विश्व शान्ति दिवसको नारा ‘एक्सन फर पिस :आवर एम्बिसिन फर द ग्लोबल गोल्स’ रहेको छ। शान्ति कायम गर्नु व्यक्तिगत र सामूहिक उत्तरदायित्व रहेको उल्लेख गर्दै संयुक्त राष्ट्र सङ्घले शान्ति प्रवर्द्धनबाटै दिगो विकास लक्ष्य प्राप्त गर्न मद्दत पुग्ने जनाएको छ।

    संयुक्त राष्ट्रसङ्घीय मानव अधिकारसम्बन्धी घोषणा जारी भएको पनि ७५ वर्ष पुगेको छ। अहिले अन्तर्राष्ट्रिय कानूनको अभिन्न अङ्गका रूपमा पनि शान्तिको अधिकार स्थापित भएको छ । सेप्टेम्बर २१ लाई विश्व समुदायले ‘अल्जाइमर्स डे’ का रूपमा पनि मनाउँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस