Logo

Jul 30 2026 | २०८३, साउन १४गते

धौलागिरी अस्पतालमा ‘सीटी स्क्यान’ सेवा सञ्चालन


स्वतन्त्र
शुक्रबार, असोज १२ २०८००८:११
  • 1.9K
    SHARES

  • धौलागिरी अस्पतालमा ‘सीटी स्क्यान’ सेवा सञ्चालन

    बागलुङ । धौलागिरी अस्पताल बागलुङमा ‘सीटी स्क्यान’ सेवा सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको करिब ६ करोड ४९ लाखको लागतमा अस्पतालमा ‘सीटी स्क्यान’ मेसिन जडान गरिएको छ । ‘सीटी स्क्यान’ उपकरण अस्पतालमा जडान गरि शुक्रबारदेखि सेवा सञ्चालन गरिएको छ ।

    images
    images

    जटिल प्रकृतिको रोगको निदानको लागि यस अगाडी पोखरा, काठमाण्डौं लगाएका स्थानमा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।  अव भने धौलागिरीका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ लगाएतका जिल्लाका बिरामीलाई सहज हुने भएको छ । ‘

    सीटी स्क्यान’ मेसिन जडान गरिएपछि शरीरका विभिन्न भागका क्यान्सर, टाउकोमा रगत जमेको, पेट, छाती सम्बन्धी रोग, शरीरका विभिन्न भागको प्यारालाइसिस, चोटपटक लागेका बिरामी, फोक्सोको क्यान्सर, शरीरको आन्तरिक चोट, रगत जमेको, टाउकोमा नसा फुटेको, आन्द्रा बटारिएको, जोर्नी लगायतका रोगको निदान धौलागिरी अस्पतालबाटनै हुने भएको छ ।  ‘

    सीटी स्क्यान’ सेवाको शुक्रबार गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंंखडाले उदघाटन गरेकी छन । 

    प्रतिक्रिया दिनुहोस