Logo

Jul 30 2026 | २०८३, साउन १४गते

अभिनेता अनमोल केसी पक्राउ


स्वतन्त्र
शुक्रबार, असोज १२ २०८००८:३२
  • 572
    SHARES

  • अभिनेता अनमोल केसी पक्राउ

    काठमाडौँ । ठगी आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केसीलाई पक्राउ गरेको हो । चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध उजुरी परेको बताइएको छ । उनलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको छ ।

    images
    images

    उनलाई १० लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । त्यसको अनुसन्धानका लागि केसीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीका छोरा हुन् ।

    अभिनेता  केसीलाई टेकुस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ । उनलाई अदालतबाट पक्राउ पुर्जी लिएर जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

    प्रतिक्रिया दिनुहोस