Logo

Jul 30 2026 | २०८३, साउन १४गते

तमादी खोलामा बेपत्ता यात्रुको खोजी जारी


स्वतन्त्र
आइतबार, असोज १४ २०८००८:३५
  • 984
    SHARES

  • तमादी खोलामा बेपत्ता यात्रुको खोजी जारी

    पर्वत । तमादी खोलामा आएको बाढीले जीप बगाएर बेपत्ता भएका दुई यात्रुको खोजी कार्य भईरहेको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ र ८ को सिमामा पर्ने तमादी खोलाले शनिवार साँझ बागलुङदेखि पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जीप बगाउदा तीन जना बेपत्ता भएका थिए ।

    images
    images

    बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव फेला परेको छ । बेपत्ता भएका मध्ये रुपन्देहीका गोपाल बस्यालको शव फेला परेको र अन्य दुई जनाको खोजी कार्य आज बिहानबाट भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतमा प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । खोलामा एक्कासी बाढी आउदा गुडीरहेको जीप बगाएको थियो । जीप चालक बसन्त थापा भने ढुंगा पन्छाउन झरेको समयमा ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।

    तमादी खोलामा आएको बाढीले जीप बगाएर नजिकै रहेको मोदी खोलामा पु¥याएको छ । 

    प्रतिक्रिया दिनुहोस