Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक पेस गर्ने कार्यसूची


स्वतन्त्र
आइतबार, असोज १४ २०८००८:४९
  • 440
    SHARES

  • प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक पेस गर्ने कार्यसूची

    काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । संसद् सचिवालयका अनुसार बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची तय भएको छ ।

    images
    images

    त्यसैगरी सभामुखले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनेछन् । आजै ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

    त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस