बझाङ । बझाङमा भुकम्पमा परी दुइ जना घाइते भएका छन । भुकम्पमा परी घाइते हुनेमा जयपृथ्वी नगरपालिका १० का स्थानीय रहेका छन । घाइतेको जिल्ला अस्पताल लगिएको र उनिहरुको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भुकम्पका कारण जिल्ला प्रहरी कार्यालयको एउटा भवनमा पनि क्षती भएको र जिल्लाभर अरु स्थानमा पनि थुप्रै घरमा क्षती भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता दिपेश चौधरीले बताए । अहिले सम्म मानविय क्षतिको विवरण जानकारी छैन, थुप्रै संरचना भत्किएको अनुमान छ । हामी विवरण संकलन गर्दैछौ उनको भनाई छ ।
बझाङ सदरमुकाम आसपास केन्द्र विन्दु बनाएर दिउँसो ३ बजेर ६ मिनेटमा भुकम्प ६.३ म्याग्निच्युडको भुकम्प गएको थियो ।
उक्त भुकम्पको धक्का सुदुरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । यसअघि बझाङकै तल्कोट गाउँपालिका केन्द्र विन्दु भएर दिउँसो २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्यूडको भुकम्प गएको मापन केन्द्रका प्रमुख बलबहादुर तामाङले बताए ।