Logo

Jul 30 2026 | २०८३, साउन १४गते

यस बर्ष दसैँको टीकाको साइत बिहान ११ बजेर २ मिनेटमा


स्वतन्त्र
मंगलबार, असोज १६ २०८००८:४८
  • 1.1K
    SHARES

  • यस बर्ष दसैँको टीकाको साइत बिहान ११ बजेर २ मिनेटमा

    काठमाडौँ । यस बर्ष दसैँको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले मंगलबार यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरि जानकारी गराएको हो। 

    images
    images

    असोज २८ गते घटस्थापनाको साइत बिहान ११ः२९ बजे रहेको समितिले जानकारी दिएको छ ।  घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

    कार्तिक ४ गते शनिबार फूलपाती परेको छ । त्यसदिन तुलजाभवानी यात्रा बिहान ८:२४ बजे शुभ रहेको समितिले जनाएको छ । कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न सकिने छ । कोजाग्रत पूर्णिमा भने कार्तिक ११ गते रहेको छ ।

    bigyepti.jpg

    प्रतिक्रिया दिनुहोस