Logo

Jul 30 2026 | २०८३, साउन १४गते

निसीखोला गाउँपालिका अध्यक्ष घर्ती लागुऔषध मुद्धामा उच्च अदालतबाट पनि दोषी ठहर


स्वतन्त्र
सोमबार, असोज २२ २०८००७:३६
  • 492
    SHARES

  • निसीखोला गाउँपालिका अध्यक्ष घर्ती लागुऔषध मुद्धामा उच्च अदालतबाट पनि दोषी ठहर

    बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती  लागुऔषध मुद्धामा उच्च अदालत पोखरा ,बागलुङ इजलासबाट पनि दोषी ठहर भएका छन । लागुऔषध गाँजाचरेस (लागूऔषधी नियन्त्रण ऐन,२०२३) तीन बर्ष छ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना सहित फैसाला भएको छ । 

    images
    images

    यस अगाडी बागलुङ जिल्ला अदालतले पनि घर्तीलाई लागुऔषध गाँजा र चरेससम्बन्धी कसुर २०७९ पुस ३ गते तीन वर्ष छ महिना कैद सहित रु ५० हजार जरिवाना फैसाला गरेको थियो । उच्च अदालतका न्यायाधिस मदन पोखरेल र माधवेन्द्र रेग्मीको संयुक्त इजलासले उक्त सजाय तोकेको हो । उच्च अदालत पोखरा ,बागलुङ इजलासले जिल्ला अदालत बागलुङकै फैसलालाई सदर गर्दै घर्तीलाई लागुऔषध गाजा मुद्धामा दोषी ठहर गरेको अदालतका सुचना अधिकारी शिवप्रसाद गौतमले बताए ।

    बागलुङ निसीखोला –६ को वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका थिए । लागूऔषध कसुर सम्बन्धी ऐन २०३३ को दफा ४ (क) अनुसार २०७७ भदौ ४ गते उनी बिरुद्ध जिल्ला अदालतमा मुद्दा परेको थियो । पक्राउ परे लगत्तै झण्डै तीन महिना पुर्पक्ष बसेपछि उनी धरौटीमा रिहा भएका थिए । धरौटीमा रिहा भएकोले उनी वडा अध्यक्षको काम नियमित रुपमा गरेका थिए । गत बर्ष गाउँपालिकाको अध्यक्ष पदमा उमेदवार भई उनी विजयी भएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस