Logo

Jul 30 2026 | २०८३, साउन १४गते

बागलुङको विकासमा सहकार्य गर्ने एनआरएनएको प्रतिवद्धता


स्वतन्त्र
सोमबार, असोज २९ २०८००८:४९
  • 1.5K
    SHARES

  • बागलुङको विकासमा  सहकार्य गर्ने एनआरएनएको प्रतिवद्धता

    काठमाडौं । बागलुङमा जन्मिएर विश्वका विभिन्न देशमा पेसा, व्यवसाय गर्दै आएका एनआरएनएले जन्मभूमिप्रतिको दायित्वबोध गर्दै लगानी सहित सहकार्य गर्न तयार रहेको प्रतिवद्धता जनाएका छन । गैरआवासीय नेपालीहरु एनआरएनएले बागलुङको विकास र समृद्धिमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन । 

    images
    images

    अन्तराष्ट्रिय बागलुङ समाजको आयोजनामा सोमबार राजधानीमा आयोजना गरेको बागलुङको विकास र समृद्धिमा विदेशमा रहेका बागलुङेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो धारणा राखेका हुन् । १२ देशको गैर आवासीय नेपाली संघका अध्यक्ष बागलुङे रहेका छन् ।

    विदेशमा कमाएको सीप र  पुँजीलाई जिल्लाको बिकासमा लगाउन आँफूले पनि सहकार्य गर्ने उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बताए । ढकालको गृह जिल्ला पनि बागलुङ हो । एनआरएनएसँग सहकार्य गर्न आँफू तयार रहेको उनको भनाई छ । ‘जन्मभूमिको विकासमा काम गर्नु सबैका दायित्व हो,’ ढकालले भने, ‘निजी क्षेत्रकोतर्फबाट सहकार्य गर्न तयार छु ।’

    जिल्लाका विकासमा साझेदारिता गर्नु आफ्नो दायित्व भएको एनआरएनएका उपाध्यक्ष महेश कुमार श्रेष्ठले बताए । अर्का उपाध्यक्ष आरके शर्माले जिल्लामा सामाजिक उत्तरदायित्वका काम गर्दै आएको बताए । कार्यक्रममा बागलुङ सांसद डिल्लिराम सुवेदीले कृषि क्षेत्रलाई व्यवसायिकीकरण गर्न एनआरएनएले लगानी गर्न सक्ने धारणा राखे । बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले पर्यटन क्षेत्रमा लगानी गर्न अवसर रहेको बताए ।

    विदेशमा रहेका नेपालीलाई बागलुङको विकासमा साझेदारिता बढाउनका लागि कार्यक्रम आयोजना गरिएको अन्तराष्ट्रिय बागलुङ समाजका कार्यक्रम संयोजक दीपक गौतमले बताए । कार्यक्रममा पूर्व शिक्षा मन्त्री दिननाथ शर्मा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेल, एनआरएनएका गोविन्द श्रेष्ठ लगायतले धारणा राखेका थिए ।

    अन्तराष्ट्रिय बागलुङ समाजका निवर्तमान अध्यक्ष एकराज गिरीको अध्यक्षतमा कार्यक्रम भएको थियो । 

    प्रतिक्रिया दिनुहोस