Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

महेश प्यानलका उपाध्यक्ष प्रत्यासी ‘राज’लाई आरके प्यानलको पनि साथ


स्वतन्त्र
बुधबार, कात्तिक १ २०८००८:४९
  • 1.3K
    SHARES

  • महेश प्यानलका उपाध्यक्ष प्रत्यासी ‘राज’लाई आरके प्यानलको पनि साथ

    काठमाडौं । गैर आवासीय नेपाली(एनआरएन)को निर्वाचन मंगलबारबाट सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि चार जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका भए पनि तीन वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन ।

    images
    images

    अध्यक्षका प्रत्यासीहरु नेपाली कांग्रेस निकट महेश श्रेष्ठ, नेकपा एमाले निकट डा.बद्रि के सी र माओवादी केन्द्र निकट आरके शर्मा प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् । अध्यक्षका प्रत्यासी रविना थापाको प्यानल छैन । विभिन्न पदमा निर्वाचन हुँदैछ । केही उम्मेदवार भने साझा देखिएका छन् ।

    उपाध्यक्षका उम्मेदवार राजु रेग्मी(राज) साझा उम्मेदवारका रुपमा देखिएका छन् । राज कांग्रेस निकट हुन् । उनलाई श्रेष्ठ र शर्माले औपचारिक रुपमानै प्यानलमा राखेर फोटो सार्वजनिक गरी प्रचार गरेका छन् । मध्यपूर्वमा राम्रो पकट रहेका उनी श्रेष्ठ प्यानलमा छन् । यद्यपी राजको मध्यपूर्वमा प्रभाव देखेर माओवादी निकटका आरके प्यानलले पनि उनलाई समूहमा राखेका प्रचार गरिरहेको छ। दुवै प्यानलल फोटो सहित सार्वजनिक गरे पछि उपाध्यक्षका प्रत्यासी राजको प्रभाव र ब्रचस्व एनआरएनएमा राम्रो रहेको देखिएको छ । श्रोतका अनुसार उनलाई बद्रि के.सी. समूहले पनि अघोषित रुपमा सहयोग गरेको छ ।

    राज सबैको सर्वस्वीकार्य देखिएकाले उनी जितका नजिक देखिएको एनआरएनका एक पूर्व अध्यक्षले बताए । ‘राज जस्ता युवाहरु एनआरएनएमा आएनन् भने संस्था चल्दैन,’ ती अध्यक्षले भने, ‘उहाँको क्षमता र प्रभाव देखेरनै साझा उम्मेदवार बनाएका हुन् ।’ भविस्यको नेतृत्वका लागि पनि राज जस्ता युवाहरु एनआरएनएको नेतृत्वमा आउन आवश्यक रहेको ती पूर्व अध्यक्षले बताए ।

    बागलुङको कुश्मिशेरामा जन्मिएका राज लामो समयदेखि कतारमा रहेर व्यवसाय गर्दै आएका छन् । ‘एनआरएनएको रुपान्तरणका लागि एनआरएनएको जिम्मेवारी मातृभूमिका समृद्धिको लागि’ भन्ने नारा सहित उनले उम्मेदवारी दिएका छन् । वर्तमान कार्यसमितिमा युवा उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरे पछि उनी उपाध्यक्ष पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा छन् ।

    वैदेशिक रोजगारीका लागि विदेश गएर दुःखमा परका नेपाली सहित नेपालमा सामाजिक काममा पनि राजले सघाउँदै आएकाले उनी एनआरएनएहरुबीच लोकप्रिय छन्। खाडी मुलुकमा छोटो समयमा व्यावसायिक सफलता हासिल गरेका उनले एनआरएनएको अभियान र संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस