Logo

Jul 30 2026 | २०८३, साउन १४गते

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै


स्वतन्त्र
बुधबार, कात्तिक १ २०८००९:०६
  • 724
    SHARES

  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै

    विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् । राजनीतिक परिस्थिति र दलहरूको प्रतिक्रियाको आधारमा अहिलेसम्म मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने प्रस्ट देखिन्छ । उनलाई नेकपा एमालेसँगै माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतले पनि विश्वासको मत दिने बताइसकेका छन् । 

    images
    images

    कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ सांसद र कांग्रेसका विद्रोही ८ सांसदले समर्थन गरेका थिए । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई दबाबमा राख्नका लागि गठबन्धनका दलहरू कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले पनि विश्वासको मत दिन लागेका हुन्।राप्रपाले भने विश्वासको मत नदिने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस