Logo

Jul 30 2026 | २०८३, साउन १४गते

राष्ट्रपतिले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने


स्वतन्त्र
बिहीबार , कात्तिक २ २०८००४:०८
  • 540
    SHARES

  • राष्ट्रपतिले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टीकाको दिन सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन तीन घण्टा विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

    images
    images

    राष्ट्रपति कार्यालयले बिहीबार एक सूचना जारी गरी विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने समय तालिका सार्वजनिक गरेको छ । शीतलनिवासमा दिउँसो २ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ । राष्ट्रपतिबाट विशिष्ट व्यक्तिहरुलाई २ देखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस