बागलुङ । बागलुङमा रहेको प्रगति बहुउद्देश्यीय सहकारी संस्था लि.को १७ औँ साधारणसभाले अध्यक्षमा कृष्ण प्रसाद पौडेल (कुमार) सर्वसम्मत निर्वाचित भएका छन् । पौडेल दोस्रो पटक अध्यक्षमा सर्वसम्मत भएका हुन । पौडेलको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति निर्वाचित भएका छन ।
संचालक समितिको उपाध्यक्षमा तोयानाथ गौतम, सचिवमा बालकृष्ण शर्मा, सहसचिवमा नारायणदत्त रेग्मी र कोषाध्यक्षमा लक्ष्मीप्रसाद पौडेल निर्वाचित भएका छन् । सञ्चालक समितिको सदस्यमा विजयराज पन्त, बिष्णुप्रसाद शर्मा, रञ्जिता शर्मा, गंगादेवी शर्मा, हुमादेवी खड्का र विष्णुनाथ गौतम रहेका छन् ।
सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा महादेव सापकोटा, सदस्यमा मुरारी सापकोटा र चन्द्रकली शर्मा सर्वसम्मत भएको निर्वाचन उपसमिति संयोजक दिपक गौतमले जानकारी दिए । विसं २०६४ सालमा ३२ जना शेयर सदस्यहरुको सक्रियतामा स्थापना भएको सहकारीको १ हजार १४ जना सेयर सदस्य संख्या र ७ करोड ४३ सेयर पुँजी पुगेको छ ।