बागलुङ। सिवाईसी बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनबाट संस्थाको अध्यक्षमा पुनः चण्डिप्रसाद शर्मा चयन भएका छ । समितिको उपाध्यक्षमा संस्थाका सितादेवी सापकोटा कँडेल, सचिवमा ज्ञानेन्द्रराज पन्त, सहसचिवमा सुवास आचार्य, कोषाध्यक्षमा मोहन प्रसाद उपाध्याय निवार्चित भएका छन ।
सदस्यहरुमा मोतिराम गौतम, कृष्णप्रसाद रिजाल, पुतली थापा, चुडामणी कंडेल, राम बहादुर खत्री, इन्दिरा पान्डे पन्त, भोलानाथ आचार्य, गोपाल कुमार शर्मा, सिर्जना अधिकारी पौडेल र अनिता सापकोटा निर्वाचित भएका छन । लेखा समितिको संयोजकमा पदमपाणी शर्मा, सदस्यमा केशवप्रसाद वझा र सितादेवी सापकोटा कँडेल निर्वाचित भएका छन ।
अहिले सहकारीको सेयर सदस्य संख्या २५ हजार ३ सय, बालबचतकर्ता ४ हजार ७ सय ५० सेयर पुँजी ३९ करोड ४४ लाख ४४ हजार, लगानी १ अर्व ४५ करोड ९३ लाख ७९ हजार १ सय १९, बचत १ अर्व ३८ करोढ ४५ लाख १ हजार ५ सय ८६ रुपैयाँ रहेको छ । अहिले सहकारीमा असार मसान्तसम्म ४७ करोड ५४ हजार ३ सय २३ रुपैयाँ गरी बैंक तथा नगद मौजाद रहेको सहकारीले जनाएको छ ।