बागलुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार नागरिक प्रति उत्तरदायी बन्न नसकेको बताएका छन । नेकपा एमालेको ‘सम्वृद्धिका लागि संकल्प यात्रा २०८०’ अन्र्तगत आठौ दिन बिहिबार बागलुङमा भएको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारमा बसेकाहरुले जिम्मेवारी बहन गर्न नसकेको बताएका हुन ।
देशमा सुशासन कायम हुन नसकेको,अराजकता बढेको, रोजगारी सृजना हुन नसकेको, अर्थतन्त्र कमजोर बनेको,नागरिक निरास बनेको अवस्था छ,ओलीले भने, सरकार टिकाउने खेलमा मात्र सक्रिय बनेको छ। उनले सरकारले स्वाधिनता,स्वतन्त्रताको रक्षा गर्न नसकेको समेत बताएका छन ।
छिमेकी देश चिनले छोटो समयमा गरिवी हटायो,भारतले आर्थिक बृद्धि हासिल ग¥यो तर नेपाल भने दक्षिण एसियाको गरिव देश बन्दै गएको बताए । सरकारले यस बिषयमा गभ्भिर भएर लाग्नुपर्ने समय आएको उनको भनाई छ । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवामञ्ज्याङ सम्म पदयात्रामा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहितको १५० केन्द्रिय नेता सहितको टोली बागलुङमा आएको छ ।
एमालेको केन्द्रीय कमिटिको छैठौ बैठकले बैतडीको झुलाघाट देखि चिवाभञ्ज्याङ सम्म मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिकालागि संकल्प यात्रा गर्ने निर्णय गरेको थियो । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओली सहितको केन्द्रीय नेताहरुको पदयात्री टोलीलाई जिल्ला कमिटीका नेताहरुले स्वागत गरेका छन ।
ओलीले जिल्लाका नेता तथा कार्यकर्तासंग भेटघाट गरेका छन नेकपा एमालेले एक हजार ७ सय ७९ किलोमिटर लामो मध्यपहाडी लोकमार्गमा १४ गतेबाट संकल्प यात्र सुरु गरेको थियो ।