काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित बिहिबार राती एक जना पक्राउ परेका छन । फ्लाइ दुबईको फ्लाइटबाट काठमाडौं आएका गोरखाका चन्द्र घलेलाइ भन्सारले पक्राउ गरेको हो ।
भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार घलेबाट बरामद भएको सुन शुक्रबार जोखिने र त्यसको गुणस्तर परीक्षण गरिने र यस बिषयमा थप अनुसन्धान भइरहेको छ ।
घलेले सुनको प्लेट बनाएर शरिरमा राखेर सुन ल्याएका थिए । विशेष सूचनाको आधारमा घलेलाई सुनसहित पक्राउ गरिएको थियो । उनलाई झर्नेवित्तिकै भन्सारको टोलीले पक्राउ गरेको थियो । अन्य केही व्यक्ति पनि संलग्न हुनसक्ने भएकाले अनुसन्धान भइरहेको छ ।