बागलुङ । नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले अहिलेको सरकारले गति लिन नसकेको बताएका छन । नेपाल प्रेस युनियन बागलुङले आईतबार गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री शर्माले वर्तमान सरकारको १ बर्षे कार्यकाल पुग्नै लाग्दा पनि जनताको अपेक्षा बमोजिम विश्वास जिन्न नसकेको बताएका छन । उनले अव प्रधानमन्त्री र मन्त्रीहरुको कामको समिक्षा गरिने बताएका छन ।
सरकारले राम्रो कामको गति लिए यसैलाई निरन्तरता दिन सकिने यदि हुन नसकेको अवस्थमा भने विकल्पको खोजि गरिने उनले बताए । नेपाली काँग्रेसको आगामी फागुनमा हुन लागेको महासमिति बैठकमा सरकारको समिक्षा हुने बताए । प्रधानमन्त्री र मन्त्रीहरुको कामको समिक्षा गरि वर्तमान सरकारको भविष्य निर्धारण गरिने उनको भनाई छ ।
अव पनि सरकारले नागरिक पंक्तिमा उठेका बिषयलाई सम्बोधन गरि अगाडी बढनुमा जोड दिए । पार्टीको महासमिति बैठकसम्म वर्तमान सरकारको विकल्पको खोजी गर्न नसकिने बताए । पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले समेत जनताको चाहना अनुसार काम गर्न नसकेको जस्तो आभाव हुदै गएको बताएका छन ।
उनले अव आउने प्रधानमन्त्रीको रुपमा नेपाली काँग्रेसले नेतृत्व लिने छ । गठबन्धन दलहरुले आलोपालोको रुपमा प्रधानमन्त्री हुने सहमती अनुसार काँग्रेस पार्टीको विकल्प छैन, उनले भने, त्यसका लागि पार्टी सभापतिले समेत मार्ग प्रंशस्त गर्नुहुने छ । पार्टी सभापति पाँच पटक प्रधानमन्त्री भईसक्नुभएकाले उहाले नै पार्टी भित्रका अरु नेताहरुलाई विकल्पको रुपमा अगाडी सार्ने विश्वास व्यक्त गरे