बागलुङ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा सातौ बागलुङ महोत्वस हुने भएको छ । पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनलाई बजारीकरणमा टेवा पु-याउने उदेश्यका साथ पुष ११ देखि २१ गतेसम्म ‘बागलुङ महोत्सव २०८०' गर्न लागिएको आइतबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ । महोत्सवले स्थानीय देखि राष्ट्रियस्तरमा उत्पादित बस्तुको बजारीकरणसगैं निर्यातकर्ता र आयातकर्ताको माध्यम बन्ने संघका अध्यक्ष कँडेलले बताए ।
‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सवले बागलुङलाई व्यवसायिक गन्तव्य बनाउन, लगानी भित्राउन र धौलागिरि क्षेत्रमा पर्यटकको गन्तव्य बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। महोत्सवमा हस्त कला, कृषि, घरेलु उत्पादन लगायतका प्रदर्शनीहरु पनि राखिने छ।
महोत्सवका अवसरमा पुरुष तथा महिला भलिबल प्रतियोगिता, खुल्ला सामुहिक नृत्य प्रतियोगिता, भजनका साथै पन्चे बाजाको प्रर्दशनी हुने भएको छ भने र लाइभ दोहोरी गीतको प्रस्तुती समेत हुने आयोजकले जनाएको छ । महोत्सव अवलोकनका १० लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको अध्यक्ष कँडेलले बताए ।
१ सय ३० स्टल रहने महोत्वसमा १ करोड ४५ लाख खर्च हुने छ भने १ करोड ७५ लाख आम्दानी गर्ने लक्ष्य राखिएको छ । महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने छन ।