काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्नेछन् ।
सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्न लागेका हुन् । साँझ ५ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले एक वर्षमा आफूले गरेका कामकारबाही र आगामी योजनाका विषयमा सम्बोधन गर्नेछन् । दाहाल गत वर्षको पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।