बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताले बनाएको नेपालको संविधानलाई कसैले आँच पु¥याउन नसक्ने बताएका छन । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि सुरु भएको ‘बागलुङ महोत्सव २०८०’ को उदघाटन गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधान कठोर मेहनत र नेपाली जनताको रगत पसिनाले लेखिएकोले कसैले आँच पु¥याउन नसक्ने बताएका हुन ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र विश्व पर्यटन बजारमा प्रवद्धन गरी पर्यटन क्षेत्रलाई आय आर्जन र समृद्धिको आधारको रूपमा स्थापित गर्न सकिने बताए । भौगोलिक विविधता र विकटतालाई पृथक र नवीन पर्यटकीय थलोको रुपमा विकास गरी नयाँ पुस्तालाई नेपाल भ्रमणको लागि आकर्षित गर्नुपर्ने आजको आवश्यकता रहेको उनको भनाई छ ।
उनले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अहिले भईरहेको प्रयत्नलाई थप मजबुत बनाउन सकेमा विकासको लागि पूँजी हुने बताए । उनले निजी क्षेत्रको लगानी, उद्यमशीलता र अनुभवलाई आर्थिक विकासमा परिचालन गर्न व्यवसायीमैत्री वातावरण तयार गर्नुेमा जोड दिए । पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ र निजी क्षेत्रलाई लगानी गर्न मन लाग्ने वातावरण स्थानीय, प्रदेश र संघ सरकारले ऐन, नियम परिमार्जित गरेर प्रोत्साहन गर्नुपर्नेमा उनको भनाई छ ।
पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनलाई बजारीकरणमा टेवा पु¥याउने उदेश्यका साथ सञ्चालन भएको महोत्वस यहि पौष २१ गते सम्म हुने छ । महोत्सवबाट बागलुङलाई व्यवसायिक गन्तव्य बनाउन, लगानी भित्राउन र धौलागिरि क्षेत्रमा पर्यटकको गन्तव्य बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । महोत्सवमा हस्त कला, कृषि, घरेलु उत्पादन लगायतका प्रदर्शनीहरु पनि राखिएका छन । महोत्वसमा १ करोड ४५ लाख खर्च हुने छ भने १ करोड ७५ लाख आम्दानी गर्ने लक्ष्य आयोजकले राखेको छ ।