Logo

Jul 30 2026 | २०८३, साउन १४गते

मुलुकको अर्थतन्त्र सुधार गर्न लगानीको क्षेत्र बढाउनुपर्छ :मन्त्री थापा


स्वतन्त्र
आइतबार, पुस १५ २०८०१०:२८
  • 584
    SHARES

  • मुलुकको अर्थतन्त्र सुधार गर्न लगानीको क्षेत्र बढाउनुपर्छ :मन्त्री थापा

    बागलुङ । गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले मुलुकको अर्थतन्त्र सुधार ल्याउन लगानी बढाउन आवश्यक रहेको बताएका छन । निलगिरी बचत तथा ऋण सहकारी संस्था बागलुङको १६ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री थापाले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सहकारी क्षेत्रलाई बचत र ऋणको मात्र कारोबार गर्नु भन्दा अन्य लगानीको क्षेत्रमा जोडनुपर्ने बताए । उनले सहकारी क्षेत्रलाई साना तथा मझौला उद्योग र पर्यटन क्षेत्रमा पनि लगानी गर्नु आवश्यक रहेको बताएका छन ।  

    images
    images

    १ हजार २ सय २८ जना शेयर सदस्य रहेको संस्थाको ३ करोड ७९ लाख ३४ हजार ८ सय शेयर पुँजी रहेको छ भने १ अर्ब ४९ करोड, ७२ लाख ८२ हजार २ सय २० रुपैयाँको कारोबार गरेको छ । साधारण सभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यलाई सम्मान गरिएको छ।  

    कार्यक्रम संस्थाका अध्यक्ष नारायण पौडेलको अध्यक्षता उपाध्यक्ष चित्रबहादुर केसीको स्वागत र सचिव मिनबहादुर केसी मिलनको संचालनमा सम्पन्न भएको थियो । बागलुङ बजारमा मुख्य कार्यालय रहेको निलगिरी बचत तथा ऋण सहकारीले गत बैशाख देखी पैयुँपाटामा आफ्नो सदस्य सेवा केन्द्र स्थापना गरि काम थालेको छ ।  

    प्रतिक्रिया दिनुहोस