बागलुङ । बजार क्षेत्र भित्रका नागरिकलाई पिउने पानी उपलब्ध गराउर्दै आएको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्वको लागि हुन लागेको निर्वाचनमा अध्यक्ष पदको लागि चार जनाको उम्मेदवारी परेको छ । यहि षौष २८ गते हुन लागेको नयाँ कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान तदर्थ समितिका संयोजक जयराम भारी,केवी राना मगर,भुपेन्द्र खडका र सुवास आचार्यले उम्मेदवारी दर्ता गराएका छन ।
एक उपाध्यक्ष पदको लागि हरिबहादुर जिसी ‘सन्तोष’, दयाराम पौडेल र रतन प्रसाद श्रेष्ठले उम्मेवारी दिएका छन । सचिव पदको लागि निर्मलबहादुर श्रेष्ठ र जीवन आचार्य, कोषाध्यक्षमा थानेश्वर सुवेदी र कृष्ण शर्माले उम्मेदवारी दिएका छ । भने दुई खुल्ला सदस्य पदको लागि १० जना र तिन महिला सदस्यको लागि सात जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
खुल्ला सदस्य पदको लागि चन्द्र बहादुर सुवेदी, शिव आचार्य, बाबुलाल शाक्य, विर बहादुर थापा, सुनिल कुमार श्रेष्ठ, टेक नारायण शर्मा, कुलराज शर्मा, बाबुकाजी के.सी., लालबहादुर के.सी. र रामबहादुर वि.क.को उम्मेदवारी परेको छ । त्यसैगरि महिला सदस्य पदको लागि गुमादेवी श्रीष छन्त्याल, हुमादेवी शर्मा, लक्ष्मी थापा, शिला थापा क्षेत्री, कालिका सापकोटा, मञ्जु माया क्षेत्री, सुनिता श्रेष्ठको उम्मेवारी परेको निर्वाचन समितिले जनाएको छ ।
नौ सदस्य कार्य समिति पदको लागि १३३६ आजिवन सदस्य र १९२ साधारण सदस्य सङख्या गरि कुल १५२८ जनाले मतदान गर्ने भएका छन । षौष २८ गते शनिवार बिहान ८.०० देखि अपरान्ह ४.०० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

