Logo

Jul 30 2026 | २०८३, साउन १४गते

ढुंगाको छपनी प्रहार गरी म्याग्दीमा वृद्धाको हत्या


शनिबार, पुस २१ २०८००८:३९
  • 536
    SHARES

  • ढुंगाको छपनी प्रहार गरी म्याग्दीमा वृद्धाको हत्या
    प्रतीकात्मक तस्वीर

    म्याग्दीको मालिका गाउँपालिका–७ मा आज दिउँसो धारिलो ढुङ्गा ९छपनी० को प्रहार गरी वृद्धाको हत्या भएको छ। वृद्धालाई जोगाउन गएका घाइते भएका छन्। मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजामाथि छपनी प्रहार हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।

    images
    images

    उनका अनुसार मनिषाकी सात वर्षीया नातिनी प्रियङ्का गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते भएका छन्। घटनास्थलमा पुगेका प्रनाउ कुँवरले हत्यामा संलग्न व्यक्तिको पहिचान र खोजी भइरहेको बताए। मनिषालाई छपनी प्रहार गरेको देखेर बचाउन गएका प्रियङ्का र अमृतालाई चिर्पट प्रहार गरेर घाइते बनाइ भागेका स्थानीयको भनाइ छ ।

    घाइते दुवैलाई थप उपचारका लागि दरवाङबाट हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको प्रनाउ कुँवरले जानकारी दिए। उनका अनुसार दरवाङ प्राथमिक उपचार केन्द्रमा सामान्य उपचार गरी उनीहरूलाई पोखरा पठाइएको हो ।

    प्रियङ्काको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रनाउ कुँवरले जानकारी दिए। घटनाको विस्तृत अध्ययन र अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको उनले बताए।



    प्रतिक्रिया दिनुहोस