Logo

Aug 01 2026 | २०८३, साउन १६गते

पत्रकार रानामाथीको आक्रमण प्रति महासँघको गम्भीर ध्यानाकर्षण


स्वतन्त्र
आइतबार, पुस २२ २०८०१०:०८
  • 3.7K
    SHARES

  • पत्रकार रानामाथीको आक्रमण प्रति महासँघको गम्भीर ध्यानाकर्षण

    बागलुङ । नेपाल पत्रकार महासँघ बागलुङका सचिव बिजय रानामाथी नेपाल प्रहरीले गरेको आक्रमण प्रति नेपाल पत्रकार महासँघ बागलुङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बागलुङमा सञ्चालन भएको महोत्सवको ११ औं दिनको कार्यक्रम स्थलबाट बाहिर निस्कने क्रममा महोत्सव हेर्न आएका सर्वसाधारणमाथी भैरहेको लाठीचार्जको तस्विर र भिडियो कैंद गर्ने बेला पत्रकार राना माथी प्रहरीले आक्रमण गरी घाईते तुल्याएको घटनाप्रति महासंघले विज्ञप्ती मार्फत भर्सना गरेको छ ।

    images
    images

    प्रहरीको आक्रमणबाट पत्रकार रानाको बाँया हातको हड्डी चर्किएको,शरीरका बिभिन्न अंगमा निलडाम भएको जनाईएको छ । विज्ञप्तीमा भनिएको छ,आफ्नो परिचय सहित सार्वजनिक ठाउँमा भएको घट्नाको तस्वीर खिच्न पाउने पत्रकारिताको धर्म हो, आफ्नो धर्म निर्वाह गर्दा हुने जुनसुकै हस्तक्षेप नेपाल पत्रकार महासंघलाई सैह्य हुने छैन । रातको १०ः३० बजेको समयमा सुरक्षार्थ खटिएको प्रहरीलेनै आक्रमण गरेर नागरीक र पत्रकारलाई घाईते लुत्याउनु कानूनी राज्यको उपहास हो उल्लेख छ । 

    यस्तो कार्य प्रेस स्वतन्त्रा विरुद्ध भएकोले आक्रमण गर्ने प्रहरी जत्था, आक्रमणको आदेश दिने प्रहरी अधिकृतलाई छिटोभन्दा छिटो कानुनी कार्वाही गर्न नेपाल प्रहरी, राष्ट्रिय मानव अधिकार आयोग र नेपाल सरकारसँग माग गर्दछौं महासंघको विज्ञप्तीमा भनिएको छ।

    घटना प्रति नेपाल पत्रकार महासंघ केन्द्र,प्रदेश लगाए बिभिन्न पत्रकार संगठनले विज्ञप्ती माफर्त ध्यानर्कषण भएको जनाएका छन । घाईते पत्रकार रानाको तत्काल उपचार गर्न, दोषीमाथी कडाभन्दा कडा कारवाही विज्ञप्तीमार्फत माग गरिएको छ ।

    fnj.jpg

    प्रतिक्रिया दिनुहोस