बागलुङ । बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचित समितिको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।संस्थाको अध्यक्षमा निर्वाचित के.वि.राना मगरलाई निवर्तमान अध्यक्ष जयराम भारीले पद हस्तान्तरण गरेका हुन । षौष २८ गते भएको निर्वाचनबाट रानाको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको थियो ।
संस्थाको उपाध्यक्षमा हरीबहादुर जिसी (सन्तोष),सचिवमा जीवन आचार्य,कोषाध्यक्ष कृष्ण शर्मा, सदस्यमा कुलराज शर्मा (हिमाल) , कालिका सापकोटा, हुमादेवी खड्का र शिव आचार्य र गुमादेवी श्रीष छन्त्याल निर्वाचित भएका थिए ।
पदस्थापन कार्यक्रममा संस्थाका अध्यक्ष के.वि.राना मगरले बजार क्षेत्र भित्र वितरण हुदै आएको खानेपानीलाई स्वच्छ,सफा,व्यवस्थित र प्रयाप्त बनाउन लाग्ने बताए । उनले जडान गरेका सबै उपभोक्ताहरुलाई संस्थाको सदस्यता बनाउने,बक्यौता रहेको महुशल उठाउने,इन्जिनियर र कार्यालय व्यवस्थापन गर्ने लगाएका काम छ महिना भित्र गर्ने बताए ।
कार्यक्रममा निर्वतमा अध्यक्ष जयराम भारीले आफु संस्थामा रहेको समयमा बजार क्षेत्र भित्रका नागरिकलाई सहज,प्रयाप्त र व्यवस्थित रुपमा खानेपानी पु-याउने र लिफटिड्ड खानेपानी निमार्णको कामलाई अगाडी बढाउन निकै पहल गरेको बताए । नयाँ समितिलाई आगामी दिनमा आफुले पनि सहयोग गर्ने उनको भनाई छ । कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष हरि प्रसाद श्रेष्ठले खानेपानीको क्षेत्र चुनौतिपुर्ण रहेकोले यसलाई सामना गरि उपभोक्ताहरुको भावना अनुसार लाग्नुपर्ने बताए ।
निर्वाचित समितिको कार्यकाल ४ बर्षको रहने छ ।