Logo

Jul 30 2026 | २०८३, साउन १४गते

कारवाहीको माग गर्दै पत्रकारद्धारा प्रशासनमा धर्ना


स्वतन्त्र
बिहीबार , माघ ४ २०८००७:५६
  • 2.9K
    SHARES

  • कारवाहीको माग गर्दै पत्रकारद्धारा प्रशासनमा धर्ना

    बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानामाथि भएको कुटपिटको घटनाको बिषयलाई सत्यतथ्य बाहिर ल्याउन माग गर्दै पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय बागलुङमा धर्ना दिएका छन् ।

    images
    images

    पत्रकार रानालाई कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग राखेर धर्ना बसेको महासंघका कोषाध्यक्ष सुवाश गौतमले बताए । गत साता बागलुङ महोत्सवमा प्रहरीले युवामाथि कुटपिट गरेको फोटो खिच्ने क्रममा पत्रकार रानालाई प्रहरीले कुटपिट गरेको थियो ।

    घटनाको छानविन गर्न प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस