बागलुङ । बागलुङको काठेखोला गाउँपालिका,बिहुस्थित नवयुबक आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन गरिएको छ । मोहन प्रसाद पुनको अध्यक्षतामा ९ सदस्यि बिद्यालय ब्यवस्थापन समिती गठन गरिएको हो ।
समितीको सदस्यमा खड्क बहादुर सुनार, सुमा थापा, लक्ष्मण प्रसाद कंडेल, हिरा परियार, जमुना सापकोटा सर्वसम्मत निर्वाचित भएका छन । अन्य सदस्यमा वडा को तर्फबाट भुमा पुन, शिक्षकको तर्फबाट अम्मराज सेजुवाल र सदस्य सचिवमा बिद्यालयका प्रधानध्यापक देबनारायण सापकोटा चयन भएका छन ।
यस्तै अभिभावकहरुको भेलाले बिद्यालयमा बमबहादुर पुनको संयोजकत्वमा ११ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरिएको शिक्षिका नन्दकुमारी ठकुरीले बताइन । बिद्यालयलाइ व्यवस्थापकिय रुपमा बलियो बनाउन ब्यवस्थापन समिती गठन गरिएको बिद्यालयका प्रधानध्यापक.देबनारायण सापकोटाले बताए ।