काठमाडौं । यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १५ गते सञ्चालन हुने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमित र ग्रेडवृद्धि परीक्षाको तालिका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको छ।
परीक्षामा चार लाख ८९ हजार परीक्षार्थीले सहभागी हुने गरि आवेदन दिएको परीक्षा बोर्डले जनाएको छ । परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ ।
परीक्षा तालिका।