बागलुङ । अयोध्यामा राम मन्दिरको स्थापना र रामललाको प्रतिमालाई प्राणप्रतिष्ठा गरेको अवसरमा बागलुङमा पनि दीप प्रज्वलन गरिएको छ ।
बोलबम कांवरिया संघ बागलुङले सोमबार भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा गरेको अवसरमा दीप प्रज्वलन गरेको हो । ‘जय श्रीराम’ अंकित दीप प्रज्वलन गरिएको कांवरिया संघका अध्यक्ष उमेश शाहले बताए । 

