Logo

Jul 30 2026 | २०८३, साउन १४गते

मानव अधिकार उल्लंघन गर्ने सेना,प्रहरी र कर्मचारीको नामावली सार्वजनिक


बुधबार, माघ १७ २०८००८:१०
  • 464
    SHARES

  • मानव अधिकार उल्लंघन गर्ने सेना,प्रहरी र कर्मचारीको नामावली सार्वजनिक

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनका दोषी पाइएपछि कारबाहीको लागि सिफारिस गरेका ६० जनाहरुको नामावली सार्वजनिक गरेको छ । एक विज्ञप्ति जारी गर्दै आयोगले एक विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७९/८० र चालु आर्थिक वर्ष २०८०/८१ मा गरिएको काम कारबाहीका बारेमा प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान र निजामती कर्मचारीसहित तत्कालीन विद्रोहीहरुको नाम सार्वजनिक गरेको छ।

    images
    images

    सिफारिस गरिएका ६६ मध्ये ६ जनाको हकमा कारवाहीको जानकारी प्राप्त भएकोले नाम सार्वजनिक नगरिएको आयोगले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मानव अधिकार उल्लंघन दुरुत्साहन सम्बन्धी ५८ वटा उजूरी दर्ता भएको र गत वर्षको बाँकीसहित ११७ वटा उजुरी माथि अनुसन्धान भएको आयोगले जानकारी दिएको छ ।

    आयोगका अनुसार यो अवधिमा ४४ वटा उजूरीमा अन्तिम निर्णय हुँदा ३७ वटा उजुरीमा कारवाही तथा क्षतिपूर्तिको लागि सिफारिस र ७ वटा उजुरी तामेली तथा खारेजी गर्ने निर्णय भएको छ । सिफारिस भएका ३७ वटा उजुरीमा २१ जना पीडितलाई १४ लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति दिन र १२ जनालाई कारबाही गर्न र अन्य विषयमा १५ सिफारिस गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    manab-adhikar ddd.jpg


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस