Logo

Jul 30 2026 | २०८३, साउन १४गते

योगदानमा आधारिक सामाजिक सुरक्षामा ट्रेड युनियन


शनिबार, माघ २० २०८००७:३५
  • 772
    SHARES

  • योगदानमा आधारिक सामाजिक सुरक्षामा ट्रेड युनियन

    बागलुङ । नेपाल ट्रेड युनियन कांग्रेस बागलुङले औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको सामाजिक सुरक्षाको लागि काम थालेको छ ।  जिल्लाभरका श्रमिकको सूचिकरण गर्ने, ती श्रमिकले काम गर्ने संस्थामा सामाजिक सुरक्षा बारे जानकारी दिने र सुरक्षा कोषमा उनीहरुलाई जोड्ने काम थालेको हो । श्रमिकहरुको २६ क्षेत्र वर्गिकरण गरेर एकएक क्षेत्रबाट काम थाल्ने जिल्ला अध्यक्ष ईश्वर ठाकुर पौडेलले बताए । 

    images
    images

    होटलमा काम गर्ने श्रमिक देखि पेशागत श्रमिकलाई सामाजिक सुरक्षामा जोड्ने रस्थानीय तहलाई जिम्मेवार बनाउने काममा अभिमूखीकरण समेत गरिएको पौडेलले बताए । ‘स्थानीय तहले यो काम थाल्यो भने जेष्ठ नागरिक भत्ताको भार समेत घट्नेछ’ उनले भने, ‘काम गर्ने क्षमता र उमेर बढीरहेको छ, तर सामाजिक सुरक्षाको नाउँमा जेष्ठ नागरिक भत्ता दिने उमेर घटाइएको छ ।’ जेष्ठ नागरिककालागि मात्रै उमेर घटाइरहने हो भने नेपालको अर्थतन्त्र टाट पल्टिने उनले बताए । 

    हरेक श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा दिने हो भने आर्थिक भार समेत घट्ने कांग्रेसको तथ्यांक छ । नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशको बैठकलेपनि यो क्षेत्रमा चासो राख्दै सबै श्रमिकलाई सामाजिक सुरक्षामा जोड्ने काम थाल्ने निर्णय गरेको उनले जानकारी दिए । बागलुङमा भएको गण्डकी प्रदेश समितिको बैठक र योगदानमा आधारित सामाजिक सुरक्षा बारेको अभिमूखीकरणमा केन्द्रीय अध्यक्ष योगेन्द्रकुमार कुँवर सहितका पदाधिकारी समेत सहभागि थिए । शुक्रवार र शनिवार उक्त कार्यक्रम भएको थियो । उनीहरुले तत्कालै राज्यको ध्यान यो तर्फ नगए देशको अर्थतन्त्रमा ठूलो असर पर्ने चेतावनी समेत दिएका छन् । 

    सामाजिक सुरक्षा कोषलाइ सबै क्षेत्रले अनिवार्य लागू गर्नुपर्ने कुँवरले जोड दिए । स्थानीय सरकारले काम गर्ने र केन्द्रीय सरकारले यो क्षेत्रमा लगानी गर्दा सुशासन बढ्ने उनले बताए । ‘भविष्यको लागि पैसा जम्मा गर्ने सोचले भ्रष्टाचार बढेको छ’ उनले भने, ‘शिक्षा र स्वास्थ्यको चिन्ता नहुने हो भने सुशासन कायम हुन्छ ।’ युरोपका कतिपय देशमा सुशासन बढ्नुमा सामाजिक सुरक्षा कोष मजबुत बनेको कारण उनले प्रष्ट्याए । 

    बैठकको निर्णय अनुसार जिल्लाका सबै क्षेत्रको तथ्यांक निकालेर सबै क्षेत्रलाई सुरक्षाकोषमा जोड्ने काममा कांग्रेसले अगुवाई गर्ने भएको हो । केहीबर्ष अघि देखिनै यो नीति आएपनि संगठित क्षेत्र नै सामाजिक सुरक्षामा अगाडि नआएको केन्द्रीय उपाध्यक्ष गणेशबहादुर केसीले बताए । नीजि क्षेत्र र केही स्वरोजगार कंपनीले काम थालेकोले कार्यक्रम भने अगाडि बढीसकेको केसीको तथ्यांक छ । 

    शनिवार भएको अभिमूखीकरणमा जिल्लाका शिक्षक, स्वास्थ्यकर्मी, पत्रकार, घरेलु श्रमिक, कारखाना मजदुर, निर्माण क्षेत्रका मजदुर लगायत सहभागि थिए । कार्यक्रममा कन्द्रीय अध्यक्ष कुँवर, उपाध्यक्ष केसी सहितले सहजीकरण गरे । कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षामा जान प्रभावकारी उपायाको खोजी गरेको बताए ।

    प्रशिक्षण कार्यक्रममा कार्यक्रममा संविधानसभाका सदस्य प्रकाश शर्मा पौडेल, कांग्रेस नेता जगदिशचन्द्र उपाध्याय, बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा, काठेखोलाका अध्यक्ष राजु थापा, नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश संयोजक शकुन्तला शर्मा,केन्द्र्रिय प्रतिनिधि उमाकान्त पौडेल, महिला केन्द्रिय सदस्य भगवती के.सी लगायतले मन्तव्य राखेका थिए ।  नेपाल ट्रेड युनियन कांग्रेस बागलुङका अध्यक्ष ईश्वर ठाकुर पौडेलको अध्यक्षता, उपाध्यक्ष कुमार प्रसाद उपाध्यायको स्वागतमा र सचिव बीरबहादुर किसानको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    425606730_7551536074876836_6627379063375068771_n.jpg
    download.jpg
    421970291_730678609166481_6887763608907130053_n.jpg
    421635506_747057420408404_3669475166244771401_n.jpg
    download (1).jpg
    download (2).jpg
    424660295_7551536618210115_825072634906023966_n.jpg


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस