काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले सांसद शरतसिंह भण्डारीलाई सरकारमा पठाउने भएको छ । सत्ता गठबन्धनमा भएको भागबन्डामा एक मन्त्रालय पाएको लोसपाले भण्डारीलाई मन्त्री बनाउने निर्णय गरेको हो ।
गठबन्धनमा भएको समझदारीअनुसार मन्त्रालय पाएमा भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् । महोत्तरीबाट– २ बाट निर्वाचित सांसद भण्डारी यसअघि पनि पटक पटक मन्त्री बनिसकेका छन् । पछिल्लो पटक २०७८ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा १३ दिनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका थिए ।
२०४५ सालमा तत्कालीन मरिचमानसिंह श्रेष्ठको पालामा उनी पहिलो पटक सहायक मन्त्री बनेका थिए ।