बागलुङ । बागलुङ उद्योग वाणिज्य संघको आयोजना र मानवसेवा आश्रमको सहकार्यमा बागलुङमा आमा सेमिनार गरिएको छ । मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र, प्रेम र आफुलाई जन्मदिने माता पिताको महत्व बोध गराई, प्रेम, सद्भाव, करुणालाई जन जनमा, मन–मनमा पुर्याउने उद्देश्यले सेमिनार आयोजना गरिएको हो।
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले सन्तानले जिम्मेवारी वोध नगर्दा धेरै बुवा आमा सडक तथा आश्रममा पुग्र्नु सबैभन्दा दुर्भाग्य भएको बताईन। समाजमा सकारात्मक रुपान्तरणमाको लागि मानव सेवा आश्रमको अभियान र मानवीय कर्ममा जुटेकाहरुको प्रयास तथा आमा सेमिनार अहिलेको आवश्यता अनुसारको अभियना भएकोले यसमा प्रदेश सरकारको पूर्ण साथ रहेको उनको भनाई त ।
कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष अमर थापाले मातृत्व र मातृभूमि प्रतिको दायित्ववोध गराउन मानवसेवा आश्रम सँगको सहकार्यमा संघले आमा सेमिनार गरि मानवता, राष्ट्रियता, परोपकार, र आफूलाई जन्मदिने माता पिता र मातृभूमिप्रतिको महत्वबोध गराएको बताए ।
परिवारबाट अपहेलित हुनुपर्दा अहिले कतिपय बुबाआमा सडक पेटीमा पुग्नुपरेको, घरभित्रै खुम्चिएर बस्नु परेको र कतिपयले आत्महत्याको प्रयास समेत गरेको सत्य घटनाहरु अधिकारीले आफ्नो प्रस्तुतीको क्रममा सुनाउँदै आमा बुबा प्रतिको स्नेह र सम्मानको महत्व दर्शाउनका लागि आमा सेमिनार आयोजना गरिएको मानव सेवा अश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीको भनाई छ ।
सेमिनार जन्मदिने आमा बुबा, शिक्षा दिने गुरु र मातृभूमिको महत्वबारे अधिकारीले स्मरण गराउदै श्रृष्टिकर्ता आमा, बुबा अनि मातृभूमी भन्दा ठूलो र महान कोही छैनन् भन्ने विभिन्न उदाहरण र वृत्तचित्रसहित सहजिकरण गरेका थिए ।
कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेललेको अध्यक्षता उप महासचिव इन्द्रमणि पौडेल अर्जुनको संचालनमा सम्पन्न भएको थियो ।