Logo

Jul 30 2026 | २०८३, साउन १४गते

अखिल नेपाल युवक संघको बागलुङमा मोटरसाईकल र्‍याली


बिहीबार , माघ २५ २०८००९:११
  • 1.2K
    SHARES

  • अखिल नेपाल युवक संघको बागलुङमा मोटरसाईकल र्‍याली

    बागलुङ । अखिल नेपाल युवक संघको ४३ औं स्थापना दिवसका अवसरमा बागलुङमा मोटरसाईकल र्‍याली गरिएको छ । स्थापना दिवसमा अवसर पारेर अखिल नेपाल युवक संघ बागलुङले जिल्ला व्यापी मोटरसाईकल र्‍यालीको आयोजना गरेको हो ।

    images
    images

    बढ्दो महंगी,अनियमितता, ढिला सुस्ती र भ्रष्टचारको अन्त्यका लागि भन्दै अखिल नेपाल युवक संघले बुधबार देखी बरेङ गाउँपालिकाबाट सुरु गरेको मोटरसाईकल र्‍याली बिहीबार बागलुङ बजारमा आईपुगेको छ। मोटरसाईकल र्‍यालीपछि लोकतान्त्रिक चोकमा आयोजित कोष सभामा सम्बोधन गर्दै अखिल नेपाल युवक संघ केन्द्रिय अध्यक्ष कृष्ण पाण्डेले देशमा देखिएको महंगी अनियमितता र भ्रष्टचारको अन्य गर्न सबै लाग्नुपर्ने बताए ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष तिलक थापाले मन्तव्य व्यक्त गरेका थिए भने अखिल नेपाल युवक संघ जिल्ला सचिव अलिन गिरीले कोष सभाको सञ्चालन गरेका थिए ।  

    पाँच दिनसम्म सञ्चालन हुने मोटरसाईकल र्‍याली जिल्लाका १० वटै पालिकामा पुग्ने बताईएको छ । मोटरसाईकल र्‍याली २८ गते निसीखोला गाउँपालिकामा पुगेर समापन गरिने अखिल नेपाल युवक संघ बागलुङले जनाएको छ ।

    426092956_752269739872393_648627112944454584_n.jpg

    d66b943e-c046-4551-81cb-0c875bc67042.jpg


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस