Logo

Jul 30 2026 | २०८३, साउन १४गते

हुलाक सेवाका १६ सय ३६ दरबन्दी खारेज


बिहीबार , माघ २५ २०८००९:२७
  • 508
    SHARES

  • हुलाक सेवाका १६ सय ३६ दरबन्दी खारेज

    काठमाडौं। सरकारले हुलाक सेवाका दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बिहीबारको बैठकले हुलाक सेवा अन्तर्गतका एक हजार ६ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ । अब केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज हुनेछन्। 

    images
    images

    एक पालिका, एक हुलाकको सांगठनिक संरचना परिवर्तन गर्ने र त्यसअनुसार हुलाकको संरचना परिवर्तन गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। 

    सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदा जिल्ला, इलाका र अतिरिक्त हुलाक कार्यालयहरू खारेज गर्ने र प्रत्येक स्थानीय तहमा एउटा हुलाक कार्यालय राख्ने घोषणा गरेको थियो।


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस