पाल्पा । पाल्पामा मंगलबार भएको जिप दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस सिखरडाँडा जाँदै गरेको लु १ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्ब शर्माले जानकारी दिए ।
दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।