बागलुङ । रमापति लक्ष्मिनारायण मन्दिर मोदीवेनी बागलुङको बार्षिक पुजा एवं साधारण सभा सम्पन्न भएको छ । प्रत्येक बर्षको बसन्त पञ्चमीको दिन सम्पुर्ण बन्धुबान्धवहरु जम्मा भएर गरिने बिशेष पुजा तथा रमापति लक्ष्मिनारायण निजी गुठी व्यस्थापन समितिको बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
बागलुङ नगरपालिका वडा नं.१४ स्थित कालिगण्डकी र मोदीखोलाको संगमनस्थल मोदीवेनीमा साके १६३७ सालमा लक्ष्मिनारायण मन्दिर निमार्ण भएको छ । यस मन्दिरमा दैनिक पुजा अर्चना हुने गरेपनि बसन्त पञ्चमीको दिन बिशेष पुजा हुने गर्दछ । यस अवसरमा नेपाल भित्र र भारत लगाए अन्य देशमा रहेको बन्धुबान्धवहरु पुजाको लागि यहाँ आउने गरेका छन ।
७३ रोपनी क्षेत्रफल भित्र रहेको लक्ष्मिनारायण मन्दिर ऐतिहासिक महत्वको रुपमा रहेको छ । बसुपन्तहरुको गौरवशाली इतिहास रहेको रमापति लक्ष्मिनारायण मन्दिरको संरक्षण र प्रबद्र्धनको लागि निजी गुठीले गुरु योजना सहित काम गर्दै आएको छ । मन्दिर धार्मिक एवं पर्यटकिय क्षेत्रले समेत महत्वपुर्ण मानिएको छ ।
बार्षिक पुजाको अवसरमा भएको साधारण सभाले मन्दिरको थप विकासको कार्यलाई अगाडी बढने तय गरेको छ । बार्षिक पुजा एवं साधारण सभामा कोषाध्यक्ष दिलिप राज पन्तले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । रमापति लक्ष्मिनारायण निजी गुठी संरक्षण समितिका अध्यक्ष हेमराज पन्तको अध्यक्षता, पुर्व अध्यक्ष निलप्रसाद पन्तको स्वागत र सचिव प्रदिप पन्तको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
