Logo

Jul 30 2026 | २०८३, साउन १४गते

कालिका मन्दिरमा भक्तजनले चढाएको गरगहना सार्वजनिक


बिहीबार , फागुन ३ २०८००८:१६
  • 624
    SHARES

  • कालिका मन्दिरमा भक्तजनले चढाएको गरगहना सार्वजनिक

    बागलुङ । नेपालको प्रसिद्ध धार्मिक शक्तिपिठको रुपमा रहेको कालिका भगवती मन्दिर बागलुङमा चढाएका सुनचाँदी लगाएतका गरगहना सार्वजनिक गरिएको छ। भक्तजनले चढाएका सुनचाँदीका गरगहना पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो । 

    images
    images

    २०७८ कार्तिकदेखि हाल सम्म भक्तजनले ३ तोला ४५ लाल सुन र ३ सय ११ तोला चाँदी मन्दिरमा चढाएका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खडकाले बताए। अहिले सम्म मन्दिरमा चढेका सबै गरगहना र जिन्सी सामाग्रीहरु आगामी दिनमा सार्वजनिक गर्ने तयारी समेत गरिएको खडकाले बताए ।

    भक्तजनहरुले मन्दिरमा सुन र चाँदीका तिलहरी, सिक्री, मुन्द्रा, चन्द्रमा, फुली, प्रतिमा, सिक्का, औँठी, जन्तर,लगाएतका गहना चढाएको कालिका भगवती गुठी व्यवस्थापन समितिका उपाध्यक्ष निसान खडकाले बताए । 

    कालिका भगवती गुठीले माघ महिनामा १९ लाख ७२ हजार हजार रुपैया आम्दानी समेत गरेको छ । कालीका भगवती गुठीले हरेक महिनाको पहिलो साता आम्दानी र खर्च सार्वजनिक गर्ने गरेको छ । कालिका भगवती मन्दिरमा हरेक दिन पुजा अर्चना हुने गर्दछ । देशका बिभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजनहरु पुजाको लागि आउने गर्दछन ।


    प्रदिप पन्त
    He is the professional journalist of nepal.

    प्रतिक्रिया दिनुहोस