Logo

Jul 30 2026 | २०८३, साउन १४गते

शैक्षिक ज्ञानमहायज्ञ सफल पार्न ताराखोलामा अन्तरक्रिया


बिहीबार , फागुन ३ २०८००९:०७
  • 632
    SHARES

  • शैक्षिक ज्ञानमहायज्ञ सफल पार्न ताराखोलामा अन्तरक्रिया

    बागलुङ । आगामी फागुन ६ गतेदेखि १३ गतेसम्म गलकोट बहुमुखी क्याम्पसमा सञ्चालन हुने श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञ सफल बनाउन ताराखोला गाउँपालिकामा भेटघाट तथा अन्तरक्रिया गरिएको छ । गलकोट बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिसँगै भौतिक स्तरोन्नतीको लागि आयोजना गरिएको श्रीमदभागवत शैक्षिक ज्ञानमहायज्ञ कथा वाचक कमलनयन गौतमको प्रमुख वाचकत्वमा सञ्चालन हुने क्याम्पसले जनाएको छ ।

    images
    images

    महायज्ञ सफल पार्नको लागि मूल समारोह तथा प्रचारप्रसार समितिका पदाधिकारीहरु जिल्लाका दश वटै पालिकामा प्रचार प्रसार, भेटघाट, अन्तरक्रिया सहभागी भएका छन । शैक्षिक ज्ञान महायज्ञको दिन नजिकिदैं गर्दा  ताराखोला गाउँपालिकामा भेटघाट तथा अन्तरक्रिया गरिएको छ । अन्तरक्रिया गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले गलकोट बहुमुखी क्याम्पस यस क्षेत्रकै शैक्षिक धरोहर रहेको र निकट भविष्यमा समय सापेक्ष क्याम्पसको विकास र स्तर उन्नति गर्न आयोजना गरिएको शैक्षिक ज्ञान महायज्ञ सफल पार्न पालिकाको तर्फबाट आवश्यक समन्वय र सहयोगको लागि अनुरोध गरे । 

    निमन्त्रणा पत्र ग्रहण गर्दै ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर विक हिमालले दुई वटा पालिका बिच भौगोलिक, सांस्कृतिक एवं भाईचाराको सम्बन्ध रहेकोले गाउँपालिकाबाट आवश्यक सहयोग र समन्वय हुने उल्लेख गरे । अन्तरक्रिया कार्यक्रममा गलकोट बहुमुखी क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष हर्क पाण्डेले शैक्षिक ज्ञानमहायज्ञको उद्येश्य लगायतका विषयमा जानकारी गरेका थिए । कार्यक्रममा गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष फम बहादुर खत्री र  ताराखोला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष भद्र घर्तीले आफना धारणा राखेका थिए 

    यस अघि जिल्लाको बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । शैक्षिक ज्ञान महायज्ञको लागि गलकोट माद्यमिक विद्यालयको आवश्यक पूर्वाधार निर्माण भईरहेको गलकोट बहुमुखी क्याम्पसले जनाएको छ ।



    प्रतिक्रिया दिनुहोस