Logo

Jul 30 2026 | २०८३, साउन १४गते

वैदिक सनातन हिन्दु राष्ट्रको पक्षमा निर्णय लिन मागसहित कांग्रेसमा २२ नेताले राखे पुरक प्रस्ताव


शुक्रबार, फागुन ४ २०८००७:०८
  • 744
    SHARES

  • वैदिक सनातन हिन्दु राष्ट्रको पक्षमा निर्णय लिन मागसहित कांग्रेसमा २२ नेताले राखे पुरक प्रस्ताव

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यहरूले सनातन हिन्दु राष्ट्रका पक्षमा पार्टी उभिनुपर्ने भन्दै पुरक प्रस्ताव पेश गरेका छन्। केन्द्रीय सदस्य र प्रदेश सभापति सहितका नेताले कांग्रेस धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु राष्ट्रको पक्षमा उभिन विशेष पूरक प्रस्ताव पेस गरेका हुन्। शुक्रबार केन्द्रीय कार्यसमिति बैठकमा उनीहरूले विशेष पुरक प्रस्ताव भन्दै सनातन हिन्दु राष्ट्रका पक्षमा दृढतापूर्वक उभिन माग गरेका हुन्।

    images
    images

    पूरक प्रस्तावमा हस्ताक्षर गर्नेमा केन्द्रीय सदस्यहरू  शंकर भण्डारी, दिलेन्द्र बडू, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, रंगमति शाही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, सीता कुमारी, शारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव छन्।

    यसैगरी, केन्द्रीय सदस्य नृपबहादुर बड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव र डा. डिला संग्रौला, कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले  धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु धर्मको पक्षमा हस्ताक्षर गरेका हुन्।

    केन्द्रीय सदस्य भण्डारीको नेतृत्वमा सनातन हिन्दुराष्ट्र नेपाल महाअभियानका नाममा पछिल्लो समय विभिन्न गतिविधिहरू भइरहेका छन्। समन्वय समितिले भोलि हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा समेत गर्दैछ ।


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस