Logo

Jul 30 2026 | २०८३, साउन १४गते

यु-१९ राष्ट्रिय क्रिकेट टोली सदस्य भण्डारीलाई आर्थिक सहयोग प्रदान


शुक्रबार, फागुन ४ २०८००७:५३
  • 720
    SHARES

  • यु-१९ राष्ट्रिय क्रिकेट टोली सदस्य भण्डारीलाई आर्थिक सहयोग प्रदान

    बागलुङ । यु-१९ राष्ट्रिय क्रिकेट खेलाडी सुवास भण्डारीको हौसलाका लागि बागलुङमा आर्थिक सहयोग गरिएको छ । हालै मात्र यु-१९ क्रिकेट विश्वकपमा नेपालको प्रतिनिधित्व गरेका भण्डारीलाई दक्षिण कोरियामा रहेका खेलप्रेमीहरुले संलकन गरी पठाएको आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

    images
    images

    विदेशको भूमिमा बसेर पनि खेलकुदको विषयमा निकै चासो र चिन्ता राखने डम्बर केसीको अगुवाईमा संकलन गरेर पठाईएको ५३ हजार सात सय ५ रुपैयाँ  बागलुङको काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले एक कार्यक्रमका बीच भण्डारीलाई हस्तान्तरण गरेका हुन् । काठेखोला गाउँपालिका-२ भिमापोखरा घर भई हाल दक्षिण कोरियामा रोजगारीका लागि पुगेका केसीले काठेखोला-१ पालामा जन्मिएर राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै विश्वकप क्रिकेट खेल्न सफल खेलाडी भण्डारीको सहयोगका लागि रकम संकलन गरेका थिए ।

    काठेखोला गाउँपालिकास्तरीय कला,संस्कृति तथा खेलकुद विकास समितिको आयोजना भएको कार्यक्रममा सहयोग रकम हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष राजु थापाले खेल क्षेत्रका नयाँ प्रतिभाहरुलाई उजागर गर्नका लागि गाउँपालिकाले पनि प्रयास गरिरहेको बताए । उनले राम्रा प्रतिभा भएका खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने काममा गाउँपालिको कन्जुस्याँइ नगर्ने समेत बताए ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, सहयोग संकलन अभियानका अगुवाइकर्ता डम्मर के.सी.र यु-१९ राष्ट्रिय क्रिकेट खेलाडी सुवास भण्डारीले आफ्ना भनाई राखेका थिए । भण्डारीले यो सहयोग आफ्नो खेल जीवनलाई अगाडि बढाउनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्दैै सहयोगीहरुलाई धन्यवाद दिए ।

    कला, संस्कृति तथा खेलकुद विकास समितिका संयोजक टिका संगम वि.क.को अध्यक्षता, सदस्य डिल कार्कीको स्वागत मन्तव्य र सदस्य सचिव एवं काठेखोला गाउँपालिकाका प्रशासन शाखा प्रमुख मनोज कार्कीको सञ्चालनमा सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । भण्डारीले काठेखोला गाउँपालिकाले पनि नेपाल विश्वकप क्रिकेट खेल्नका लागि छनोट भएपछि नगद ५० हजार सहित सम्मान गरेको थियो । 


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस