Logo

Jul 30 2026 | २०८३, साउन १४गते

नेपाल ट्रेड युनियन स्थापना दिवसको अवसरमा खाद्यान्न वितरण


सोमबार, फागुन २१ २०८००४:०२
  • 764
    SHARES

  • नेपाल ट्रेड युनियन स्थापना दिवसको अवसरमा खाद्यान्न वितरण

    बागलुङ । नेपाल ट्रेड युनियन कांग्रेसले ७८औँ स्थापना दिवस मनाएको छ । विराटनगर जुटमिल आन्दोलनको जगमा स्थापित नेपालको सबैभन्दा पुरानो श्रमिक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले ७८ औँ स्थापना दिवस बिभिन्न कार्यक्रम गरि मनाएको हो । दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस बागलुङको आयोजनामा सोमबार मानव सेवा आश्रममा खाद्यान्न वितरण गरिएको छ । 

    images
    images

    श्रमको सम्मान गरौ, श्रम शक्ति राष्ट्रको शक्ति हो भन्ने मूल नारासाथ स्थापना भएको ट्रेड युनियनले  मानव सेवा आश्रम बागलुङमा रहेका ५४ जना व्यक्तिको लागि खाद्यान्न वितरण गरेको छ । नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेलेको ट्रेड युनियन कांग्रेसले आम श्रमिकको हक, अधिकारका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

    आश्रममा खाद्यन्न वितरण गर्दै नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश संयोजक शकुन्तला शर्माले श्रमजीवीको समस्या समाधान गरि श्रमजीवी वर्गको जीवनस्तरमाथि उठाउनु अहिलको आवश्यकता रहेको बताइन । उनले नेपाली श्रमजीवीको हकअधिकार संरक्षण, सामाजिक सुरक्षा, मर्यादित रोजगारी लगाएका बिषयमा नेपाल ट्रेड युनियनले काम गर्दै आएको बताईन ।

    नेपाल ट्रेड युनियन बागलुङका अध्यक्ष ईश्वर ठाकुर पौडेलको अध्यक्षता, उपाध्यक्ष चन्द्र रेग्मीको स्वागत र सचिव वीर बहादुर किसानको संचालनमा कार्यक्रम भएको थियो । श्रम तथा ट्रेड युनियन ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना सरकारले प्रारम्भ गरेपनि कार्यान्वयन हुन नसकेको भन्दै नेपाल ट्रेड युनियन कांग्रेसले दवाव दिदै आएको छ । 

     

    430239189_461784702840899_6508711723855414831_n.jpg

    430630107_913350777240137_6112049103150633140_n.jpg429808720_918903203023572_7515071799188472613_n.jpg


    प्रदिप पन्त
    He is the professional journalist of nepal.

    प्रतिक्रिया दिनुहोस