काठमाडौँ । नवनियुक्त ३ जना मन्त्रीले शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त ३ मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन।
एमाले–माओवादी–राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको नयाँ गठन बनेपछि पुनगर्ठित मन्त्रिपरिषद्का ३ जना बिनाविभागीय मन्त्रीले शपथ लिएका छन। विनाविभागीय मन्त्रीको रुपमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका केन्द्रीय सदस्य हितबहादुर तामाङ र रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले मन्त्री पदको शपथ लिएका छन।
नेकपा एमालेको तर्फबाट पर्वतका सांसद एवं प्रमुख सचेतक गिरी,त्यस्तै माओवादीबाट तामाङ र रास्वपाबाट उपसभापति समेत रहेका अर्याल मन्त्री बनेका छन् । तीनै जना सांसदहरू पूर्वमन्त्री समेत हुन् ।