काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकमा राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र पढेर सुनाउने आजको कार्यसूची छ ।
यस्तै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री श्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने लगायतका थुप्रै कार्यसूची छ ।