Logo

Jul 30 2026 | २०८३, साउन १४गते

चैत्राष्टमीको अवसरमा कालिका मन्दिरमा भक्तजनको घुइचो


मंगलबार, वैशाख ४ २०८१०४:२६
  • 504
    SHARES

  • चैत्राष्टमीको अवसरमा कालिका मन्दिरमा भक्तजनको घुइचो

    बागलङ । बागलङको कालिका भगवती मन्दिरमा चैत्राष्टमी अर्थात चैतेदशैकोे अवसरमा पुजा गर्न भक्तजनहरु बाक्लो उपस्थिति रहेको छ ।  चैत्राष्टमीको दिन कालिका भगवती मन्दिरमा पुजा गर्ने भक्तजनहरु देशका बिभिन्न स्थानबाट आएका छन ।

    images
    images

    मनोकामना पुरा हुने विश्वासका साथ पुजाअर्चना गर्न भक्तजनहरु मन्दिरमा पुगेका छन । भक्तजनको सुविधालाई ध्यानमा राखि शान्ति सुरक्षाको लागि प्रहरीका साथै स्वयंसेवक परिचालन गरिएको छ । कालिका मन्दिरमा दर्शन गर्न आउने तथा पुजा गर्ने भक्तजनहरुमा उस्ताह बढदै गएको कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खडकाले बताए ।

    बागलुङ,पर्वत,म्याग्दी पोखरा, काठमाडौं, स्याङ्जा, बुटवल, चितवन लगाएत देशका विभिन्न ठाउँबाट भगवतीको दर्शनका लागि भक्तजनहरु आएका छन । यस मन्दिरमा बिजया दशमी र चैतेदशैमा बिशेष पुजा गर्नेको गरिन्छ । मन्दिरमा प्रत्येक मंगलवार र शनिवार लगायत स–साना चाडपर्वमा पनि उल्लेखनिय मात्रामा दर्शनार्थी आउने गर्दछन ।  


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस