बागलुङ । ऐतिहासिक चैत्राष्टमी मेला बागलुङमा सञ्चालन गरिएको छ । स्थानियस्तरमा निमार्ण गरिएका डोका, डाली, नाङ्ला, ठेका–ठेकी, मादल, घरेलु उपकरण लगायतका कृषिजन्य उत्पादन मेलाको प्रमुख आर्कषणको केन्द्रबिन्दु बनेको छ । चैत्राष्टमी मेला वि.सं. १५९१ सालदेखि नियमित रुपमा सञ्चालन हुँदै आएको छ ।
मेला स्थानीय घरेलु उत्पादनको प्रवद्र्धन र बिक्री वितरणसँगै आन्तरिक तथा बाह्य पर्यटकको गतिलो माध्यम बन्दै आएको छ । कला सस्कृंति,भेषभुषा,स्थानीय स्तरमा उत्पादित बिभिन्न सामाग्रीहरु र परम्परागतलाई जगेर्ना गर्ने उदेश्यले मेला यस बर्ष सञ्चालन गरिएको कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खडकाले बताए ।
मेलामा गाउँ गाउँमा उत्पादित बिभिन्न घरायसी बस्तुका साथै अन्य सामाग्रीहरु खरिद बिक्रि हुदै आएको छ । मेला भर्नको लागि देशका बिभिन्न जिल्लाबाट सर्बसाधरणहरु आएका छन । मेलालाई थप आर्कषित बनाउनको लागि विभिन्न लोकदोहोरी गित, भलिवल, छेलो प्रतियोगिताका साथै रमाइला खेलकुद र कृषि प्रदर्शनीको आयोजना गरिएको छ ।