Logo

Jul 30 2026 | २०८३, साउन १४गते

सरकार र मिटरब्याजी पीडितबीच पुन वार्ता हुने


स्वतन्त्र
बिहीबार , चैत १६ २०७९०२:४९
  • 412
    SHARES

  • सरकार र मिटरब्याजी पीडितबीच पुन वार्ता हुने

    काठमाडौं । सरकार र मिटरब्याजी पीडितबीचको वार्ता सकिएको छ । मिटरब्याजविरुद्धको संघर्ष समिति तर्फबाट यसअघि मिटरब्याज अपराध नियन्त्रण कार्यदलबाट प्रस्तुत प्रतिवेदनसमेत अध्ययन गर्न र अन्य पीडितहरुसँग छलफल गर्न समय माग भएकाले पुन बिहीबार नै साँझ ६ बजे छलफल गर्ने गरी वार्ता सकिएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको वार्तामा गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र संघर्ष समितिको तर्फबाट मनोजकुमार पासवान नेतृत्वको टोली सहभागी थियो ।

    images
    images

    मिटरब्याजीविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानले अर्को वार्ता पुन बस्ने गरी वार्ता सकिएको जानकारी दिए । संघर्ष समितिले सरकारी वार्ता टोलीको संयोजक सहसचिव शर्मालाई प्रधानमन्त्रीलाई लेखेको ९ बुँदे माग बुझाएको छ। सरकारी टोलीसँगको वार्तामा मागका सम्बन्धमा बृहत रुपमा छलफल भएको संघर्ष समितिका संयोजक पासवानले जानकारी दिए ।

    ११ दिन हिँडेर काठमाडौं आएका पीडितहरु माग पूरा नभएसम्म घर नफर्कने अडानमा छन् 

    प्रतिक्रिया दिनुहोस