काठमाडौं । कतारका राजा शेख तामिम विन हमद अल थानी नेपालमा आज आउदै छन । नेपालको दुईदिने राजकीय भ्रमणमा आउन लागेका कतारी राजा थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन् ।
थानीको यो पहिलो नेपाल भ्रमण हो । थानीलाई विमानस्थलबाटै झाँकीसहित स्वागत गर्ने तयारी छ । भ्रमणका क्रममा राजा थानीले राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग दुईपक्षीय भेटवार्ता गर्ने तालिका छ ।
उनले मंगलबार बेलुका नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । भेटवार्तापछि राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा सोल्टी होटलमा राजकीय रात्रिभोज आयोजना गर्दै छन् । भ्रमणको दोस्रो दिन बुधबार बिहान कतारी राजा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय भेटवार्ता हुने तय भएको छ ।
सरकारले कतारी राजाको सम्मानमा आज सार्वजनिक बिदा दिएको छ ।