Logo

Jul 30 2026 | २०८३, साउन १४गते

उपनिर्वाचन हुने क्षेत्रमा मौन अवधि सुरू


बिहीबार , वैशाख १३ २०८१०७:३८
  • 484
    SHARES

  • उपनिर्वाचन हुने क्षेत्रमा मौन अवधि सुरू

    काठमाडौँ । वैशाख १५ गते हुने इलाम-२ को प्रतिनिधि सभा र बझाङ-१ को प्रदेश सभाको उपनिर्वाचनका लागि मौन अवधि सुरू भएको छ। बुधबार रातिदेखि नै मौन अवधि सुरू भएसंगै निर्वाचन नसकिँदासम्म चुनावी प्रचारप्रसार गर्न पाइँदैन । 

    images
    images

    निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम निषेधको अवधिमा निर्वाचन प्रचार-प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सन्जालबाट समेत मत माग्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ।

    आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सुक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ५ को व्यवस्था कार्यान्वयनको अनुगमन गर्न विशेष संयन्त्रमार्फत सुक्ष्म अनुगमन गराउने व्यवस्थासमेत मिलाएको बताएको छ ।

    इलाम-२ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि र बझाङ-१ मा निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको छ।

     


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस